Political Hightlights

आगामी महाधिवेशनमा नेतृत्व दावी गर्न कांग्रेसभित्र गुटगत सक्रियता तीब्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते १५:१४
आगामी महाधिवेशनमा नेतृत्व दावी गर्न कांग्रेसभित्र गुटगत सक्रियता तीब्र (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । आगामी महाधिवेशनमा नेतृत्व दावी गर्न नेपाली कांग्रेसभित्र गुटगत सक्रियता तीब्र भएको छ ।

नेपाली कांग्रेसमा सभापतिका आकांक्षी विमलेन्द्र निधि, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । असार ८ गते निधि निवासमा भेला भएर आगामी नेतृत्वका लागि छलफल गरेका तीन नेताले आज कोइराला निवासमा छलफल गरेका हुन् ।

भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ । छलफलपछि तीनै नेताले आफूहरु आगामी दिनमा पनि निरन्तर सम्वादमा बस्ने र सभापतिबारे आफूहरुबीचमा सहमति हुनसक्ने बताएका छन् ।

यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने पूर्वमहामन्त्री सिंहले बताउनुभयो । तीन नेताबीच सम्वादका लागि पहल गरेका निधिले आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बताउनुभयो । तर अब एउटै आवाज हुने उहाँको दावी छ ।

तीन जना नेताबीचको छलफल लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेतासँग परामर्शमा जुट्नुभएको छ । काठमाडौंको एक पार्टी प्यालेसमा भैरहेको छलफल आगामी महाधिवेशनमा नेतृत्व लिने विषयमा केन्द्रीत छ ।

छलफलमा महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, सीतादेवी यादव लगायत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्