Political Hightlights

एमाले युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

हिमालय टिभी
२०७८ असार ९ गते १८:२५

९ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ ।

निर्वाचन आयोगले आज कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई दिएको छ । निर्वाचन आयोगले राईलाई दिएको प्रमाणपत्र अनुसार १ सय ६३ नम्बरमा पार्टी दर्ता छ ।

राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिनुभएको थियो । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा एकीकृतको पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल हुनुहुन्छ ।

२५ सदस्यीय कार्यसमिति छ। संखुवासभा राई नविना लामाले अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी दीपक गौतमको प्यानलबाट उपाध्यक्षमा हार्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्