Political Hightlights
राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना महासमिति सदस्य मनोनित
२०७८ असार ८ गते १४:४०

८ असार २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेतालाई महासमिति सदस्यमा समायोजन गरेको हो ।
रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेतालाई महासमिति सदस्यमा समायोजन गरिएको छ ।
यसमा अधिकांश मोरङका छन् भने धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता पनि परेका छन ।
प्रतिक्रिया