Political Hightlights

पार्टी एकता जोगाउन एमाले नेता भीम आचार्यको ६ बुँदे प्रस्ताव

हिमालय टिभी
२०७८ असार ८ गते १३:०८
पार्टी एकता जोगाउन एमाले नेता भीम आचार्यको ६ बुँदे प्रस्ताव

८ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेता भीम आचार्यले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले अहिले २०६२–६३ को जनक्रान्तिका उपलब्धि संकटमा परेको भन्दै एकताका लागि आफ्नो प्रस्ताव अघि सार्नुभएको हो ।

एमालेमा अहिले उत्पन्न संकटको मुख्य कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष नै रहेको नेता आचार्यको निष्कर्ष छ । फागुन २८ गते एमालेका नाममा ओली पक्षले गरेका विभाजनकारी निर्णयका कारण नै अहिले एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट र विश्वास–अविश्वासको वातावरण बनेको आचार्यले उल्लेख गर्नुभएको छ ।

पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र मातहतका कमिटी क्रियाशील बनाउनुपर्ने आचार्यको प्रस्ताव छ ।

गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरिएका सबै गुटका सबै निर्णय खारेज गरी सबै काम अवैध घोषणा गर्नुपर्ने, कमीकमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीको एकताबद्ध भएर सामना गर्नुपर्ने आचार्यको प्रस्ताव छ ।

यस्तै पार्टीलाई विधि–विधान र स्थापित मान्यताका आधारमा चलाउने, नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आचार्यले प्रस्ताव गर्नुभएको छ ।

पार्टी विभाजनको औपचारिक घोषणा हुने स्थितिमा रहेका बेला आचार्यले प्रस्ताव ल्याउनुभएको हो ।

कर्णाली प्रदेशका चार जना सांसदलाइ पुनर्बहाली गर्ने र ओली नेतृत्वको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको कदम विरुद्ध ओली पक्ष भ्याकेटमा गएपछि नेपालखनाल पक्षले त्यसमा कडा आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्