Political Hightlights

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पर्सि विश्वासको मत लिने

हिमालय टिभी
२०७८ असार २ गते १४:३५
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पर्सि विश्वासको मत लिने

२ असार २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्सि विश्वासको मत लिनुहुने भएको छ ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नुभएको हो ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको जानकारी प्रदेशसभामा सचिवालय दिइएको छ ।

विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेललाई उहाँको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ ।

उहाँले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ । गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्