Political Hightlights

चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र : नेता बस्नेत

हिमालय टिभी
२०७८ जेठ २९ गते १४:१४
चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र : नेता बस्नेत

२९ जेठ २०७८ भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उहाँले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गर्नुभएको हो ।

उहाँले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताउनुभयो ।

निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “वैद्यले संसद्मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।”

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गर्दै उहाँले यो षड्यन्त्रभित्र क–कसको सहभागिता छ भनेर खोजिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्