Political Hightlights

जसपाको ठाकुर–महतो समूह नयाँ पार्टी दर्ता गर्ने तयारीमा

हिमालय टिभी
२०७८ जेठ २९ गते ७:५९
जसपाको ठाकुर–महतो समूह नयाँ पार्टी दर्ता गर्ने तयारीमा

२९ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ ।

जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो ।

जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडेपछि ठाकुर महतो समूह अल्पमतमा परेको हो ।

राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र समूहमा पुगेपछि ठाकुर र महतो समूह अल्पमतमा परेको हो । बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो ।

ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि जसपामा विवाद चर्किदै गएको छ । विवादले चर्को रुप लिएपछि जसपामा एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासन कारबाही गरी पार्टीबाट निस्कासन गर्ने होड चलेको थियो ।

उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल र ठाकुर समूहले उपेन्द्रलाई कारबाही गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्