Political Hightlights

महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७८ जेठ २९ गते ७:५३
महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

२९ जेठ २०७८ काठमाडौं । आसन्न महाधिवेशनको विषयमा छलफल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बुढानिल्कण्ठमा बस्ने गरी बैठक बोलाउनु भएको हो ।

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्मका लागि तोकिएको छ। कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।

भिडभाड नहुने गरी महाधिवेशन विकेन्द्रित रुपमा सम्पन्न गर्नुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ। क्रियाशील सदस्यको टुंगो लाग्न नसकेका स्थानमा १३औं महाधिवेशनका प्रतिनिधि कायम गरी समयमा महाधिवेशन हुनैपर्ने नेताहरुले जोड दिएका छन्।

सभापति देउवाले पनि महाधिवेशनका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्