Political Hightlights

नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा देखिएनः उपप्रधानमन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २७ गते २०:४३
नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा देखिएनः उपप्रधानमन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७८ काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेको नेपाल खनाल समूह एकताको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

नेपाल, खनाल समूहले पठाएको पछिल्लो पत्रले एकता नचाहेको पुष्टि हुने पौडेलको दावी छ । संक्षिप्त कुरा गर्दै पौडेलले नेपाल खनाल समूहको भूमिकाप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आह्वानलाई नेपाल खनाल समूहले अस्वीकार गरेको पौडेलको टिप्पणी छ ।

पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने पनि उहाँले दावी गर्नुभयो ।आफुहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने भन्दै पौडेलले त्यसमा लाग्न नेता कार्यकर्तालाई अपील गर्नुभयो ।

पार्टी एकता टिकाउन नेपाल खनाल पक्षका दोस्रो तहका नेतासित गम्भीर परामर्शमा रहेका पौडेलको यो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ । पौडेलको यो अभिव्यक्तिले एमाले एक हुने संभावना नरहेको संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *