Political Hightlights

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

हिमालय टिभी
२०७८ जेठ २७ गते ६:२९
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

२७ जेठ २०७८ धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्री नियुक्त गर्नुभएको छ भने आज माओवादीका दुई मन्त्री नियुक्ति गर्ने तयारी छ ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले हिजो राति प्रदेश प्रमुख राजेश झा समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को १ बाट, सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो भने शर्मा पर्साबाट समानुपातिक सांसद हुनुहुन्छ ।

हिजो दिउँसो मात्र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष र कांग्रेसबीच दुईबुँदे सहमति भएको थियो ।

यसैबीच मुख्यमन्त्री राउतले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा ल्याउने तयारी गर्नुभएको छ ।

माओवादीलाई २ वटा मन्त्रालय दिने भनिएपनि मन्त्रालयको टुंगो आज लाग्ने भएको छ । आज छलफलपछि आजै सपथ गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *