Political Hightlights

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल

हिमालय टिभी
२०७८ जेठ २४ गते १३:१७
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल

२४ जेठ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको हो ।

कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफल भएको हो । नेता नेपालले अध्यक्ष ओलीले पार्टी एकताका नाममा जालझेल गर्नसक्ने आशंका गर्दै आउनुभएको छ ।

एमाले अध्यक्ष ओलीले हिजो राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गर्नुभएको थियो ।

ओलीले नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने सर्त राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *