Political Hightlights

जनता समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउत चयन

हिमालय टिभी
२०७८ जेठ २३ गते १५:०७
जनता समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउत चयन

२३ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

तत्कालीन समाजवादी जनता पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भएपनि प्रदेशमा दुई दलकै नेता थिए ।

एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद चुलिँदा समाजवादी पार्टीले एकल नेता चयन गरेको हो । राउत पूर्व समाजवादी पार्टीबाट मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रदेशमा जसपाका ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व राजपाका ६ जना सांसदले पनि राउतको समर्थन गरेका हुन् । पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद थिए ।

जसपाबाट पूर्व राजपा खेमाका नेता संघीय सरकारमा सहभगी भएपछी प्रदेश २ मा सत्ता परिवर्तन हुन लागेको छ । मुख्यमन्त्री राउतले ठाकुर पक्षलाई हटाएर कांग्रेससँग सहकार्यका लागि छलफल गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्