Political Hightlights

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७८ जेठ २२ गते ८:५६
एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

२२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक दिउँसो भर्चुअल माध्यमबाट हुने नेता बेदुराम भुसालले जानकारी दिनुभयो । आज स्थायी कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने नेपाल–खनाल पक्षको तयारी छ ।

पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष हिजोको केन्द्रीय समितिको बैठकले निकालेको थियो ।

बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्ने, त्यसबीचमा पनि सहमति नभए पार्टी पुनर्गठनलाई मूर्तरूप दिन नयाँ विकल्पमा जानुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्