Political Hightlights

सत्तारुढ एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ जेठ २० गते ७:५३
सत्तारुढ एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

२० जेठ २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ ।

हिजो स्थगित बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामाङले बताउनुभयो । गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो।

बैठकले माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा एमालेमा आउन नचाहेको निष्कर्षका निकालेको थियो ।

नेपाल समूहका केही नेताहरूलाई पार्टीमा फर्काउन अधिकतम पहल गरिएको छ। एमाले विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन् ।

यसैबीच नेपाल–खनाल समूहले पनि आज आफ्नो पक्षका स्थायी कमिटी सदस्यसँग छलफल गर्दै छ। विहान ११ बजे जुममार्फत बैठक डाकिएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । यो समूहले ओलीसँग कुनै पनि शर्त मानेर एकता नगर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्