Political Hightlights

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ जेठ १९ गते १३:१०
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

१९ जेठ २०७८ काठमाडौं । सत्तारुढ नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकता जोगाउन गर्न सकिने पहलका बारे छलफल हुने छ । पार्टी एकताका लागि दोस्रो तहका नेताहरुबीच भइरहेको छलफल र अब गर्न सकिने पहलका बारे छलफल हुनेछ ।

हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने निर्णय लिएको थियो । एकता कायमै राख्नका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ सांसदमाथिको कारवाही समेत रोकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले निस्कासनमा परेका नेताहरु माधवकुमार नेपाल र भीम रावल बाहेककासँग व्यक्तिगत रुपमा पार्टीमै रहन पहल गर्दै आउनुभएको छ।

गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुसँग अध्यक्ष ओली र ओली निकटका नेताहरुले व्यक्तिगत रुपमा छलफल थालेपछि नेपाल समूह थप सशंकित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्