Political Hightlights

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

हिमालय टिभी
२०७८ जेठ १८ गते १४:२१
महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डाक्टर बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।

पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा पनि दिएको नेता ईस्तियाक राईनले बताउनुभयो ।

यसअघि जसपाका अध्यक्ष यादवले महन्थ र राजेन्द्र लगायतलाई स्पष्टिकरण सोध्नुभएको थियो । महन्थले पनि यादवलाई दुईपटक स्पष्टिकरण सोध्नु भएको थियो ।

महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने लाइन लिएपछि जसपा विवाद उत्कर्षमा पुगेको हो ।

दुबै समूह एक अर्कोविरुद्ध आक्रामक कारबाहीमा उत्रिएपछि पार्टी एक हुने अवस्थाको अन्त्य भएको छ । संसद विघटनपछि कमजोर भएको ठाकुर पक्षले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइदिन आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीसँग हिजो ठाकुर पक्षले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने सहमति गरिसकेको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्