Political Hightlights

पटकपटक स्थगित हुँदै आएको एमाले स्थायी कमिटी बैठक आज बस्दै

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:३९
पटकपटक स्थगित हुँदै आएको एमाले स्थायी कमिटी बैठक आज बस्दै

१८ जेठ २०७८ काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा हिजो लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीका नेता माथिको कार्वाही लगायत विषयमा केन्द्रीत हुनेछ । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेकोले आजको बैठकमा ती सांसदलाई गरिने कारबाहीबारे केही निर्णय हुन सक्ने बताइएको छ ।

स्थायी कमिटी बैठकले १२ जनालाई सोधेको स्पष्टिकरणको लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको एमालेले जनाएको छ ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको छ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्