Political Hightlights

एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेताहरुमाथि कारवाहीको तयारी

हिमालय टिभी
२०७८ जेठ १७ गते ८:३३
एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेताहरुमाथि कारवाहीको तयारी

१६ जेठ २०७८ काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक बस्न लागेको हो । हिजो साँझका लागि तोकिएको बैठक आज बिहान बस्न लागेका हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा एमाले नेता घनश्याम भुसालसहित १२ नेतालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने जनाएको छ। यसअघि स्थायी कमिटी बैठकले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यबाट निष्कासित गरेको थियो।

यस्तै बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८७९ को बजेटको समीक्षा पनि गरिने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले जसपा नेपालसँगको सत्ता सहकार्यका विषयमा पनि जानकारी गराउनुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्