Political Hightlights

विप्लव नेतृत्वको नेकपासहितका दलले प्रधानमन्त्री ओलीमाथि लगाए यस्तो गम्भीर आरोप

हिमालय टिभी
२०७८ जेठ १६ गते १९:०५
विप्लव नेतृत्वको नेकपासहितका दलले प्रधानमन्त्री ओलीमाथि लगाए यस्तो गम्भीर आरोप

१६ जेठ २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी लगायतका दल र दबाब समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

राजनीतिक दल र दबाब समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डो–अमेरिकी गठबन्धनको गोटीका रूपमा काम गरिरहेको आरोप लगाइको छ । ओली एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको समेत उनीहरुको दावी छ ।

सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशीको योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको भन्दै उनीहरूले त्यसलाई फिर्ता लिन पनि माग गरेका छ ।

आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतले अहिलेको संकट समाधानका लागि ओली सरकारलाई विस्थापित गर्नु पर्ने र अग्रगामी परिवर्तन ल्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्