एमाले स्थायी कमिटी बैठक बस्दै, नेताहरुमाथि कारबाहीको तयारी
१६ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले पार्टी हितविपरीत काम गरेको आरोपमा सोधिएको स्पष्टिकरणका विषयमा निर्णय लिने जनाइएको छ ।
गएको सोमबार बसेको बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने ११ सांसदलाई पार्टी सदस्यबाट निष्कासन गर्दै बाँकी १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकले उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे तथा सांसद्हरु विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानीप्रसाद खापुङ, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोधिएको थियो ।
२४ घण्टाको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ नेताहरुले दिएका छैनन् ।
प्रतिक्रिया