Political Hightlights

जसपामा कसैले कसैको स्पष्टिकरणको जवाफ नदिने, दुवै समूहको फर्जी बैठक

हिमालय टिभी
२०७८ जेठ १४ गते ८:४४
जसपामा कसैले कसैको स्पष्टिकरणको जवाफ नदिने, दुवै समूहको फर्जी बैठक

१४ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपा दुई अध्यक्षले एक अर्कालाई सोधेको स्पष्टिकरणको समय आज सकिदैँछ । तर स्पष्टिकरणको जवाफ कसैले नदिने भएका छन् ।

सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि दुबै पक्षले स्पष्टिकरण अवज्ञा गर्ने भएका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादवले अर्का अध्यक्ष र संसदीय दलका नेता राजेन्द्र महतोसहित ४ जनालाई तीन दिनको समय दिएर स्पष्टिकरण सोधेका थिए ।

यसबीच दुवै समूहले पार्टी र संसदीय दलको फर्जी बैठक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्