Political Hightlights

देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने विपक्षी दलको निष्कर्ष (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ११ गते १९:१४
देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने विपक्षी दलको निष्कर्ष (भिडियो रिपोर्टसहित)

११ जेठ २०७८ काठमाडौं । विपक्षी गठबन्धनले संसद पुनर्स्थापना हुने र शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बलियो आधार रहेको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल खनाल पक्षका शीर्ष नेताको बैठकले आफूहरुको दावी बलियो भएको निष्कर्ष निकालेको हो ।

कानून व्यवसायीसहितको बैठकले माग दावी अनुसार सर्वोच्च अदालतले फैसला नगरे संविधान र व्यवस्था नै नबाँच्ने दावीसमेत गरेको छ ।

संसदीय प्रणाली अनुसारका प्रस्ताव अस्वीकृत हुदै जाँदा संविधान र व्यवस्था नै नरहने खतरा बढेकाले त्यसको रक्षाका लागि न्यायिक लडाइँ अघि बढाउनु परेको पनि लेखकले बताउनुभयो । राजनीतिक ध्रुवीकरण भैरहेको र आफूहरु लोकतन्त्र र संविधान बचाउने काममा लागेको कांग्रेस नेता लेखकले दावी गर्नुभयो ।

दलका सांसदहरुलाई निर्दलीय बनाएर सरकार बनाउन खोजेको भनेर सत्तारुढ दल नेकपा एमाले, प्रधानमन्त्री र केही कानूनविदले प्रश्न उठाईरहेका बेला विपक्षी गठबन्धनले त्यसलाई अस्वीकार गरेको छ । संविधानको धारा ७६ को उपधारा पाँच अनुसार सांसदले अधिकार प्रयोग गर्न पाउने लेखकले दावी गर्नुभयो ।

बैठकमा सर्वोच्च अदालतमा मुद्दामा सुनुवाई शुरु हुन लागेकोले त्यसमा कसरी लड्ने भनेर पनि छलफल भएको कांग्रेस नेता लेखकले जानकारी दिनुभयो । हिजो १ सय ४६ जना सांसदले संसद पूनस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन मा गर्दै रिट हालेका थिए ।

आज त्यसबारे कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेको नेपाल खनाल समूहका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्