Political Hightlights

प्रधानमन्त्री ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याउन खोजेको डा. भट्टराईको दाबी

हिमालय टिभी
२०७८ जेठ ११ गते १३:४७
प्रधानमन्त्री ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याउन खोजेको डा. भट्टराईको दाबी

११ जेठ २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याउन खोजेको आरोप लगाउनुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले खिलराज रेग्मी प्रकरण दोहोर्‍याएर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र मास्न खोजेको आशंका गर्नुभएको छ ।

प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार तथा हल्ला लोकतन्त्रका लागि शुभसंकेत नभएको भट्टराईको जिकिर छ ।

नेता भट्टराईले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद भएकाले त्यो नियम वा नजीर बन्न नसक्ने उल्लेख गर्नुभएको छ ।

पहिलो संविधानसभा असफल भएपछि दलहरुले तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेका थिए। रेग्मी अध्यक्ष रहेको मन्त्रिपरिषदले ०६९ सालमा संविधानसभाको दोस्रो चुनाव गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्