Political Hightlights

जनताले चुनाव नचाहेकाले खारेज गर्न साना २२ दलको माग

हिमालय टिभी
२०७८ जेठ १० गते १७:१४
जनताले चुनाव नचाहेकाले खारेज गर्न साना २२ दलको माग

१० जेठ २०७८ काठमाडौं । विभिन्न साना वामपन्थी पार्टीले जनताले अहिले चुनाव नचाहेको भन्दै खारेज गर्न माग गरेका छन् ।

कोरोना महामारी बढेको र अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको मत छ ।

नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न २२ वटा संगठनले चुनावलाई षडयन्त्र भनेका छन् ।

उनीहरुले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा चुनावको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको दावी गरेका छन् ।

जनताको जीवन रक्षा गर्नुपर्ने प्राथमिक दायित्वमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संवेदनहीन बनेको उनीहरुको निष्कर्ष छ । २२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले निकालेको विज्ञप्तिमा राष्ट्रपतिले गरेको निर्णय खारेज गर्न समेत माग गरिएको छ ।

विदेशी शक्तिले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको भन्दै मोर्चाले देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्