Political Hightlights

नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्री दाबी गरेको प्रधानमन्त्री ओलीको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७८ जेठ ९ गते १५:०७
नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्री दाबी गरेको प्रधानमन्त्री ओलीको आरोप (भिडियोसहित)

९ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलले नक्कली हस्ताक्षरका आधारमा प्रधानमन्त्रीको दाबी गरेको दाबी गर्नुभएको छ ।

बालुवाटारमा नेकपा एमाले निकट पत्रकारको संगठनले गरेको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई राजनीतिक झमेला, गालीगलौजजस्ता स्तरहीन कुरा नगर्न चेतावनी दिनुभयो ।

उहाँले कांग्रेसलाई लक्षित गरी लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक काम गरिरहेको बताउनुभयो । कांग्रेस, माओवादीले नक्कली हस्ताक्षर लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति कहाँ गएको प्रधानमन्त्रीको आरोप छ । उहाँले माओवादी लोकतन्त्र सिध्याउन हिँडेको तर अहिले तरिका फेरेको आरोप पनि लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ शुरु गरेका विपक्षी गठबन्धनलाई कोरोना महामारीविरुद्ध लड्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्