Political Hightlights

संकटबाट निकासका लागि जनमतसंग्रहमा जान विप्लवको माग

हिमालय टिभी
२०७८ जेठ ८ गते १३:३५
संकटबाट निकासका लागि जनमतसंग्रहमा जान विप्लवको माग

८ जेठ २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्थामा देखिएको संकटको निकासका लागि जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ ।

आज विज्ञप्ति निकालेर विप्लवले दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हुने र त्यसका लागि जनमत संग्रहमा जानुपर्ने उहाँको प्रस्ताव छ ।

दलाल पूँजीवादी वा वैज्ञानिक समाजवादमध्ये एउटा शासन व्यवस्था रोज्न नागरिकलाई नै अधिकार दिनुपर्ने विप्लवको भनाइ छ। उहाँले जनमत संग्रहका लागि दलहरु तयार हुने हो भने आफूहरु संयुक्त सरकार बनाएर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

दलाल पूँजीवाद र संसदीय व्यवस्था नेपालका लागि सफल हुँदैन भनेर आफूहरुले भन्दै आएको र अहिले संसद विघटन भएपछि त्यो भनाइ सही सावित भएको दावी महासचिव विप्लवले गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्