संसद विघटन र राष्ट्रपतिको कदमविरुद्ध रणनीति बानाउन पाँच विपक्षी दल छलफलमा
८ जेठ २०७८ काठमाडौं । संसद विघटन गर्ने राष्ट्रपतिको कदमपछिको अवस्था र विरोधको रणनीति तय गर्न विपक्षी पाँच दलको संयुक्त बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक बसेको हो ।
संसद भवन नयाँ बानेश्वरमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल–खनाल पक्ष, जनता समाजवादी पार्टीको यादव(भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक बसीरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायिक र नागरिक समाजका तर्फबाट चुनौति दिन रणनीति तय गरिने बुझिएको छ। सर्वदलीय बैठकले हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबै एक सय ४९ जनाको तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल हुने एक नेताले जानकारी दिए ।
बैठक अघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधव नेपालबीच कुराकानी भएको थियो ।
प्रतिक्रिया