Political Hightlights

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

हिमालय टिभी
२०७८ जेठ ६ गते ७:४७
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

६ जेठ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि आवश्यक निर्णय गर्न स्थायी समिति बैठक बस्न लागेको जनाइएको छ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादीका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्न विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ।

कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएकाले पार्टीका तर्फबाट गर्न सकिने कामबारे आाजको बैठकमा छलफल हुने उहाँको भनाइ छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पार्टीले गर्नसक्ने सहयोगका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्