Political Hightlights

बागमती प्रदेशमा राष्ट्रियसभा उपचुनावका लागि भोलि तीन जनाबीच प्रतिस्पर्धा हुँदै

हिमालय टिभी
२०७८ जेठ ५ गते १३:२०
बागमती प्रदेशमा राष्ट्रियसभा उपचुनावका लागि भोलि तीन जनाबीच प्रतिस्पर्धा हुँदै

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन भोली हुँदैछ। बागमती प्रदेशमा हुने चुनावको प्रतिष्पर्धामा तीन जना उम्मेदवार छन् ।

बहुमत एमाले उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा भए पनि जित सुनिश्चित छैन ।

एमालेका उम्मेद्ववार बादल र कांग्रेस माओवादी समर्थनमा उम्मेदवार बनेका खिमलाल देवकोटाबीच मुख्य प्रतिसपर्धा छ । निर्वाचनमा वागमती प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत हाल्न पाउनेछन्।

एमालेसँग भएको गणितलाई आधार मान्ने हो भने बादलले सहजै चुनाव जित्ने अनुमान छ । तर एमालेको गणित एमालेको पक्षमा मात्रै छैन।

किनकि, कांग्रेस माओवादी समर्थनमा उम्मेद्वावार बनेका देवकोटालाई एमाले वरिष्ठ नेता झलनाथ खनाल र वरिष्ठ नेता माधव नेपाल पक्षको समर्थन छ। नेता नेपालकै आग्रहमा कांग्रेस माओवादीले देवकोटालाई साथ दिएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको समान १८– १८ मतभार हुन्छ। सबैभन्दा बलियो मानिएको एमालेको मतभार ५ हजार १ सय ३० छ।

कांग्रेसको २ हजार २ सय ८० छ भने माओवादी केन्द्रको १ हजार ६ सय ९८ हुन्छ। तर आफूहरूसँग १ हजार ७ सय ४ मतभार रहेको नेपाल–खनाल पक्षको दावी छ।

त्यसैले एमालेको मत विभाजित छ। यसमा केही तलमाथि भए पनि देवकोटाले सहजै निर्वाचन जित्ने उनीहरूको दावी छ। खिमलालको हकमा आफ्ना पक्षका मतदाता तलमाथि नहुने नेपाल–खनाल पक्षीय एक प्रदेश सांसदको भनाइ छ ।

एमालेको विवाद मिलाउन कार्यदल गठन भएर काम शुरु भए पनि ओलीले पछिल्लो समय पार्टी एकताका लागि गरेको प्रयास बादललाई जिताउने रणनीति मात्रै भएको नेपाल खनाल पक्षको आशंका छ।

नेपालखनाल पक्षको मत तलमाथि भएमा बादललाई चुनाव जित्न कठिन हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्