Political Hightlights

एमाले कार्यदलको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ जेठ ४ गते १३:२१
एमाले कार्यदलको बैठक आज बस्दै

४ जेठ २०७८ काठमाडौं । विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिनुभयो । जेठ २ मा बनेको कार्यदलको यो पहिलो बैठक हो ।

पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने र एमाले बनेका माओवादी केन्द्रका नेताहरुको व्यवस्थापनबारे कार्यदलले उपाय सुझाउनेछ । तीन दिनको समय दिएपनि कार्यदलको बैठब बसेका थिएन ।

विवाद समाधानका लागि गत आइतबार दुबै पक्षका पाँच पाँच जना रहने गरी १० सदस्सीय कार्यदल गठन गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलले कार्यदलमा नेतृत्व गर्नुभएको छ ।

ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपालका तर्फबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । पार्टी विभाजनकै अवस्थामा पुगेपछि समाधानका लागि कार्यदल बनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्