Political Hightlights

बृहत वाम एकतामा एमाले नेता वामदेव गौतमको जोड

हिमालय टिभी
२०७८ जेठ ३ गते ७:३७
बृहत वाम एकतामा एमाले नेता वामदेव गौतमको जोड

३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले बृहत वाम एकता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा विज्ञप्ती निकालेर नेता गौतमले नेकपा एमालेसहित बृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्नु भएको छ ।

उहाँले आफू आज पनि मदन भण्डारीले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको उल्लेख गर्नु भएको छ । यसै सन्दर्भमा आज फेरि उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गरिरहेको नेता गौतमको दावी छ ।

उहाँले मदन आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु भएको बताउनु भएको छ ।

आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको गौतमको टिप्पणी छ । त्यसका लागि आ आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन उहाँले एमाले नेतृत्वलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

One thought on “बृहत वाम एकतामा एमाले नेता वामदेव गौतमको जोड

  1. बाम एकता भतकाउनि नै पैलोनमबरको भडुबा नै बाम हो

Leave a Reply to bharat k.shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्