Political Hightlights

प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको पहल गरेको डा. भट्टराईको खुलासा

हिमालय टिभी
२०७८ जेठ २ गते १३:२०
प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको पहल गरेको डा. भट्टराईको खुलासा

२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार गठनका लागि आफुले पहल गरेको खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज ट्वीटरमार्फत् प्रधानमन्त्रीसँग छलफल भएको कुराको खुलासा गर्नुभएको हो । महाविपत्ति उन्मुख देशलाई निकास दिन आफुले व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको र वर्तमान र पूर्व बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको भट्टराईको दाबी छ ।

डा. भट्टराईले अझै पनि धारा ७६ (५) बमोजिम त्यस्तो सरकार बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गर्नुभएको छ । ओली निकट एमाले नेता महेश बस्नेतले डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिनुभएको थियो ।

त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिनुभएको हो ।

यसअघि डा. भट्टराईले धारा ७६ (२) बमोजिम सबै दलको सहभागिता र वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने ट्वीट पनि गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्