Political Hightlights

एमालेको नेपाल–खनाल समूहमाथि कांग्रेसले लगायो यस्तो आरोप

हिमालय टिभी
२०७८ जेठ १ गते १७:१३
एमालेको नेपाल–खनाल समूहमाथि कांग्रेसले लगायो यस्तो आरोप

१ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले एमालेको नेपाल–खनाल समूहले कांग्रेस र माओवादी केन्द्रसित सहकार्यको छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसित मोलमोलाई गरेको टिप्पणी गर्नुभएको छ ।

हिमालय टेलिभिजनसितको कुराकानीमा सहमहामन्त्री महतले माधवकुमार नेपालले धोका दिँदा संयुक्त सरकार बनाउन नसकिएको बताउनुभएको छ । एकातिर सहकार्यको छलफल गरेर अर्कोतिर आफू बलियो कोशिस नेपालले गरेको महतले आरोप लगाउनुभयो ।

माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेकै कारण बहुमत पुग्ने देखेर संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत संयुक्त सरकार बनाउन आफूले पहल गरेपनि नेपाल पक्ष पछि हटेकाले दावी नगरेको उहाँले बताउनुभयो ।

त्यसका लागि एमालेको नेपाल खनाल पक्षका माग पुरा गर्न र वातावरण बनाउन कांग्रेस तयार हुँदासमेत सरकार बनाउने अवस्था बन्न नसकेको महतले बताउनुभयो ।

कांग्रेस र माओवादीले एमालेको नेपाल खनाल पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने, त्यसो गर्दा सरकार बनाउन बहुमत पुग्ने र उपचुनावमा राजीनामा दिने सबैलाई जिताएर ल्याउने सहमति अन्तिम चरणमा पुगेको थियो ।

तर एमालेको नेपालखनाल पक्ष सरकार बनाउन दावी गर्ने दिन वैशाख ३० गते अन्तिम समयमा पछि हटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्