Political Hightlights

एमाले विवाद २०७५ साल जेठ २ वरपर रहेर समाधान गर्ने सहमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते ७:३२
एमाले विवाद २०७५ साल जेठ २ वरपर रहेर समाधान गर्ने सहमति (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ सिंहदरबारमा भएको वार्तामा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट ब्युँताउने र त्यसको प्राविधिक विषय पुरा गर्नका लागि कार्यदल बनाउने निर्णय भएको छ । कार्यदल गठन गर्ने जिम्मेवारी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ

गत फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताउने निर्णय गरेदेखि नै नेपाल पक्षले यही मागलाई प्रमुखताका साथ उठाउँदै आएको थियो। अर्का नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

झण्डै तीन घण्टा चलेको वार्तामा ओलीसहित संथापन पक्षका नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै वरिष्ठ नेता नेपालसँगै असन्तुष्ष्ट पक्षबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुहुन्थ्यो ।

ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो। कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरुसहित वार्ता चलेको हो ।

ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराउनु भएको थियो ।

केन्द्रीय सदस्यहरूले २०७५ जेठ २ अघिको स्थायी कमिटीको बैठक बसेर विवाद मिलाउन, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सबै विवाद समाधान गर्न र नभए सामूहिक राजीनामा दिने अडान राख्न कार्यादेश दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्