Political Hightlights

विपक्षी दललाई ओलीको डर, किन र के कुरामा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते ७:०४
विपक्षी दललाई ओलीको डर, किन र के कुरामा ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । संसद भवनमा कोरोना भाइरसको संक्रमणबाट बच्न भनेर दोस्रो डोज खोप लगाएका नेताहरुले आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने हो कि भन्ने शंका व्यक्त गरेका छन ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण लोकतन्त्र खतरामा रहेको निष्कर्ष सुनाएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि राष्ट्रपति भवन शीतल निवासमा शपथ लिइरहँदा संसद भवन नयाँ बानेश्वरमा ओलीको भूमिकामाथि शंका गर्दै थिए ।

आफैंले भंग गरेको संसदमा उभिएर विश्वासको मत मागिरहँदा प्रधानमन्त्रीले प्रयोग गरेको भाषाले पनि दलहरुलाई शंका गर्ने ठाउँ दिएको छ । अल्पमतको प्रधानमन्त्री भएका ओलीले अब पहिले झैं विघटन गर्नुहुन्छ कि भन्ने कांग्रेसलाई आशंका छ ।

कांग्रेसलाई मात्रै हैन जनता समाजवादी पार्टीको ओली विरोधी खेमा पनि सशंकित छ, जसपाको उपेन्द्र यादव समूहका अनुसार प्रधानमन्त्री ओलीका कारण मुलुक अनिश्चितता राजनीतिक दिशाहीनतातिर धकेलिएको छ ।

दलहरुबीचको आन्तरिक खिचातानीले अहिलेसम्म प्राप्त उपलब्धी नै रहने कि नरहने भन्ने अवस्था उत्पन्न भएको अध्यक्ष उपेन्द्र यादवको मत छ ।

सहमति हुने दिशातिर लागेको बुझाईमा पुगेपनि स्वयंम एमालेको नेपाल खनाल समूह प्रधानमन्त्री एवम आफे पार्टी प्रति विश्वस्त छैन ।

पुस ५ देखि बिग्रिएको राजनीतिलाई सही बाटोमा ल्याउन अझै संघर्ष गर्नु पर्ने एमाले उपाध्यक्ष भीम रावल बताउनुहुन्छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्