Political Hightlights

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदै, यस्तो छ तयारी

हिमालय टिभी
२०७८ वैशाख २९ गते ८:२९
गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदै, यस्तो छ तयारी

२९ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज हुँदैछ। यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको ३ दिनको समयसमीमा आज सकिँदैछ ।

गुरुङले गत आइतबार राजीनामा दिनुभएको थियो । त्यही दिन प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दलहरूलाई नयाँ सरकार गठनको दाबी पेस गर्न आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको छ ।

यो समयभित्र विपक्षी दलहरूले बहुमत पुर्याई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्छ। अन्यथा प्रदेश सभाको सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति दिनुपर्ने हुन्छ।

त्यहाँ सबैभन्दा ठूलो दल एमाले हो भने त्यसका संसदीय दलका नेता यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै हुनुहुन्छ । विपक्षी दलले अहिलेसम्म बहुमत पुर्याउन सकेका छैनन्।

आज दिनभरमा कुनै चमत्कार हुन नसके पुनः गुरुङ नै मुख्यमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार बनाउने प्रयास गरिरहे पनि निर्णायक रहेको राष्ट्रिय जनमोर्चाका एक संसदले साथ छाडेपछि बहुमत पुग्न सकेको छैन ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेसलाई साथ दिन नसकिने बताउनु भएको छ । उहाँ पार्टीको निर्णयविपरीत उभिनु भएको छ ।

६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपा र स्वततन्त्रबाट एकएक सांसद छन्। नयाँ सरकार गठन गर्न ३१ सांसद चाहिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्