Political Hightlights

नेपाल–खनाल र जसपाको ठाकुर समूहसमेतको सहयोग लिएर सरकार बनाउने कांग्रेसको निर्णय

हिमालय टिभी
२०७८ वैशाख २८ गते १८:५२
नेपाल–खनाल र जसपाको ठाकुर समूहसमेतको सहयोग लिएर सरकार बनाउने कांग्रेसको निर्णय

२८ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले एमालेको नेपाल–खनाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको समेत साथ लिएर सरकार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले पर्सिसम्म बहुमत जुटाएर सरकारमा दावी गर्ने निर्णय गरेको हो ।

त्यसका लागि एमालेको नेपाल–खनाल पक्ष र जनता समाजवादी पाटीको महन्थ ठाकुर पक्षसँग वार्ता गर्ने पनि कांगे्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

सरकार बनाउन सहयोग पुग्ने गरी एमालेको नेपाल–खनाल पक्षले निर्णय गर्ने कांग्रेसको विश्वास छ । डाक्टर महतका अनुसार जसपाको महन्थ ठाकुर पक्षसमेत मिलेर सिंगो जसपा सरकारमा सामेल हुने संभावना छ ।

एमालेको नेपाल–खनाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजिनामा दिएर गठबन्धनको बहुमत पुर्याउन सहयोग गर्ने कांग्रेसको अपेक्षा छ । राष्ट्रपतिले तीन दिनको समय दिएर सोमबार संविधानको धारा ७६ को उपधारा २ बजोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस यसमा जुटेको हो । प्रधानमन्त्री केपी शर्मा ओली संसदको विश्वास गुमाएपछि पदमुक्त हुनुहुन्छ ।

कांग्रेस र माओवादी र जसपाको उपेन्द्र यादव९बाबुराम भट्टराई समूह बहुमतको सरकार बनाउने पक्षमा देखिएका छन् । कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *