Political Hightlights

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

हिमालय टिभी
२०७८ वैशाख २८ गते १३:१९
कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

२८ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्सीसम्म संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गर्नुभएको छ । राष्ट्रपतिले छोटो समय दिएकाले आन्तरिक रणनीति तय गर्न आजै कांग्रेसको बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ । पर्सिसम्म मात्रै समय दिइएकाले पहिला आन्तरिक रणनीति बनाएर अन्य दलसँग छलफल गर्ने तय भएको कांग्रेस नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका सभापति देउवाको आब्हानमा नेकपा माओवादी केन्द्र र जसपालगायत दलहरूका शीर्ष नेताहरुबीच हुने छलफल भने रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्