Political Hightlights

ओलीले फेरि असंवैधानिक रुपमा आफ्नै नेतृत्वमा सरकार बनाउन खोजेको कांग्रेस–माओवादीको आशंका

हिमालय टिभी
२०७८ वैशाख २७ गते १७:१३
ओलीले फेरि असंवैधानिक रुपमा आफ्नै नेतृत्वमा सरकार बनाउन खोजेको कांग्रेस–माओवादीको आशंका

२७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि असंवैधानिक ढंगले आफ्नै नेतृत्वमा सरकार बनाउन खोजेको आशंका गर्दै त्यसो नगर्ने सचेत गराएका छन ।

प्रधानमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफल गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट संयुक्त सरकार बनाउन माग गर्नुभयो । कांग्रेस सभापति देउवाले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत सरकार बनाउन माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा दुई अन्तर्गत संयुक्त सरकार बनाउनुपर्ने र संसदले सरकार दिने दावी गर्नुभयो । यो भन्दा अर्को बाटो गएर गलत हुने प्रचण्डको तर्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाए फेरि संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत ठूलो दलको हैसियतमा राष्ट्रपतिबाट फेरि नियुक्ति लिने तयारी गरिरहेको आशंका गर्दै कांग्रेस र माओवादीले संयुक्त सरकारको दावी गरेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *