कांग्रेस र माओवादी केन्द्रबीच संयुक्त सरकार गठनको दाबी गर्ने सहमति

२७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच संविधानको धारा ७६ को उपाधारा २ अन्तर्गत संयुक्त सरकार बनाउन दावी गर्ने सहमति भएको छ ।
प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा भएको छलफलमा यस्तो सहमति भएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गर्ने कांग्रेसको विश्वास छ ।
आजै प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ को उपधारा तीन अन्तर्गत राष्टपतिले ओलीलाई नयाँ सरकार गठन गर्ने आह्वान गर्ने चर्चा चलिरहेका बेला कांग्रेसको यस्तो धारणा आएको हो ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र माओवादी नेता वर्षमान पुनसमेत सहभागी हुनुहुन्थो ।
प्रतिक्रिया