Political Hightlights

एमाले एकता जोगाउन नेपालले ओलीलाई पठाएको ६ बुँदामा के छ ?

हिमालय टिभी
२०७८ वैशाख २७ गते ८:२६
एमाले एकता जोगाउन नेपालले ओलीलाई पठाएको ६ बुँदामा के छ ?

२७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनुभएको छ ।

नेता नेपालले एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी समेत दिनुभएको छ ।

सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई आज बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

बैठक लगतै वरिष्ठ नेता नेपालले २३ फागुन यता भएका कमजोरी औल्याउँदै अध्यक्ष ओलीलाई पत्र नै पठाउनुभएको छ ।

पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ ।

ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गर्नुभएको छ । विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ ।

आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपिलप्रति नेता नेपालले आपत्ति जनाउनुभएको छ ।

यसैबीच नेता नेपालले अध्यक्ष ओलीसँग भेटेरै पार्टी एकता बचाउन आग्रह गर्ने तयारी गर्नुभएको छ ।

बरिष्ठ नेता नेपालको ६ बुँदे प्रस्ताव
– २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने,

– २८ फागुन यता भएका सवै निर्णय रद्ध गरिनुपर्ने

– पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने

– एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने

– सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने

– पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्