Political Hightlights

जसपाको ठाकुर समूहले पनि छाडेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २६ गते १९:०३
जसपाको ठाकुर समूहले पनि छाडेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि साथ छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्तावमा मतदान हुनु एक दिन अघि ठाकुर पक्षले भोट नदिने जानकारी गराएको हो । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतोले प्रधानमन्त्री बालुवाटार पुगी ओलीलाई भेटेर र विश्वासको मत नदिने जानकारी दिनुभएको हो ।

ठाकुर र महतो विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराउनुभएको छ । आफ्ना सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ठाकुरको तर्क छ ।

केही माग सम्बोधन भएकोले प्रधानमन्त्रीको विपक्ष नउभिने तर विश्वासको मत दिन नसक्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।जसपाका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष देउवासित मिलेर ओलीलाई हटाउन तयार भएपनि ठाकुर र महतो समूह तटस्थ बस्ने भएको छ ।

तर ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना सकिएको छ । एमालेकै नेपाल खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १ सय ३६ भोट चाहिन्छ । तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओली विरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ । महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ ।

त्यसैले प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ । संसदम कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन । एक जना स्वतन्त्र सांसद छन । यसमा जनमोर्चा र स्वतन्त्र सांसद ओलीको विरुद्धमा उभिने भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्