Political Hightlights

प्रधानमन्त्री ओलीले भने–फ्लोर क्रस र सामूहिक राजीनामा अपराध हो

हिमालय टिभी
२०७८ वैशाख २६ गते १८:१९
प्रधानमन्त्री ओलीले भने–फ्लोर क्रस र सामूहिक राजीनामा अपराध हो

२६ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदलाई आग्रह गरेका छन् ।

नेपाल–खनाल समूहका सांसदले राजीनामा दिएर आफूलाई असहयोग गर्ने तयारी गरेपछि अध्यक्ष ओलीले त्यसो नगर्न आग्रह गर्नुभएको हो । फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै ओलीले यस्ता कार्यलाई अपराध भन्नुभएको छ ।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला भनेर समेत उहाँले प्रश्न गर्नुभएको छ । पार्टीलाई विधिमा चलाउनुपर्ने नेपाल–खनाल समूहको मागलाई ओलीले वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र ईश्र्या भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । पार्टीलाई उनीहरुले स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन खोजेको समेत आरोप लगाउनुभएको छ ।

कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने घातक प्रवृत्ति पार्टीमा देखापरेको भन्दै ओलीले पार्टी विरोधी कामलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले नेपाल–खनाल समूहमा कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति देखा परेको टिप्पणी गर्नुभएको छ ।

पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने प्रष्टिकरण दिँदै अध्यक्ष ओलीले एकताको पक्षमा उभिन सबैलाई अपील गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलिका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको नेपाल–खनाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । त्यही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति निकाल्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्