खेलकूद

प्रिमियर लीगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी पराजित

हिमालय टिभी
२०७८ वैशाख २६ गते ७:५९
प्रिमियर लीगमा शीर्ष स्थानको म्यानचेष्टर सिटी पराजित

२६ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी पराजित भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति चेल्सीले सिटीमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा सिटीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुनु पर्‍यो भने उपाधिका लागि अर्को खेल कुर्नुपर्ने भयो ।

रहिम स्टरलिङ्ले ४४औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि चेल्सीका लागि ६३औं मिनेटमा हाकिम जिएच र अतिरिक्त समयमा मार्कस अलोन्सोले गोल थपे ।

यसअघि पहिलो हाफको इञ्जुरी समयमा सिटीका सर्जियो अग्युरोले पाएको पेनाल्टी खेर फालेका थिए । हारसँगै यस सिजको उपाधि जित्न एक जित मात्र आवश्यक रहेको सिटीले अर्को जितसम्म कुर्नुपर्ने भएको छ ।

सिटीको ३५ खेलबाट ८० अंक छ । उता जितसँगै तेस्रो स्थानमा उक्लिएको चेल्सीले समान ३५ खेल खेल्दै ६४ अंक जोडेको छ ।

अन्य खेलमा साविक विजेता लिभरपुलले साउथह्याम्टनलाई तथा क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई समान २–० ले हराउँदा लिड्स युनाइटेडले टोटेनह्यामाथि ३१ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्