Political Hightlights

अध्यादेशमार्फत संवैधानिक आयोगको पदपुर्ति गर्न लागेकोमा नेता नेपालको आपत्ति

हिमालय टिभी
२०७८ वैशाख २५ गते १३:३०
अध्यादेशमार्फत संवैधानिक आयोगको पदपुर्ति गर्न लागेकोमा नेता नेपालको आपत्ति

२५ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले यसलाई सरकारको गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भन्नुभएको छ । बिहान ट्वीट गर्दै नेता नेपालले गलत बाटोबाट नियुक्तिको प्रयास भएको भन्दै त्यसलाई तत्काल रोकेर नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि संवैधानिक परिषद् बैठक बोलाएपछि नेता नेपालको प्रतिकृया आएको हो । अहिले लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियारमा २ र निर्वाचन आयोगमा एक पदाधिकारी नियुक्त गर्न बाँकी छ ।

समावेशी आयोगले पनि पूर्णता पाएको छैन । संवैधानिक परिषदको बैठक बोलाउन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता अध्यादेश जारी गर्नुभएको थियो ।

अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ । कोरोना नियन्त्रण गर्न र नागरिकलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो ओली सरकार बलमिच्याइँतिर लागेको नेपालको आरोप छ ।

नेता नेपालले महामारीले निम्त्याएको विषम् परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट पन्छिन नमिल्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्