Political Hightlights

असन्तुष्टलाई मनाउने ओलीको प्रयास जारी, नेताहरुसँग एक्लाएक्लै भेट

हिमालय टिभी
२०७८ वैशाख २४ गते १५:०५
असन्तुष्टलाई मनाउने ओलीको प्रयास जारी, नेताहरुसँग एक्लाएक्लै भेट

२४ वैशाख २०७८ काठमाडौं । विश्वासको मत लिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई मनाउने प्रयास जारी राख्नुभएको छ ।

नेपाल खनाल समूहका नेताहरुलाई एक्लाएक्लै भेटेर प्रधानमन्त्री ओलीले फकाउने प्रयास गर्नुभएको छ । यसैक्रममा प्रधानमन्त्री ओलीले आज नेता गोकर्ण विष्टसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीले विष्टलाई बालुवाटार बोलाएर भेट्नुभएको हो । विष्टले हिजो दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गर्नुभएको थियो ।

ओलीसँग नेपाल खनाल समूहका नेता एवं सांसद घनश्याम भुसाल र योगेश भट्टराईले छलफल गर्नुभएको थियो । तर सहमति भने हुन सकेको छैन ।

वैशाख २७ मा संसदमा विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीले एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र पार्नुभएको छ ।

प्रतिक्रिया

One thought on “असन्तुष्टलाई मनाउने ओलीको प्रयास जारी, नेताहरुसँग एक्लाएक्लै भेट

  1. उखाने बयलगाडा आफ्नो कुर्सी जोगाउनु लाई चिप्लो लगाउदै छ।बिवासको मत दिएर पद जोगियो भने तेहि पारा हो कतै पनि उखाने गुखाने को कुरामा बिस्वास नगर्नु गोकर्ण बिष्ट जिउ।बिर्सनु त भयेको छैन होलानि राम्रो काम गर्दा गर्दै बिना कुनै गल्ति मन्त्री बाट गलत्याएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्