असन्तुष्टलाई मनाउने ओलीको प्रयास जारी, नेताहरुसँग एक्लाएक्लै भेट

२४ वैशाख २०७८ काठमाडौं । विश्वासको मत लिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई मनाउने प्रयास जारी राख्नुभएको छ ।
नेपाल खनाल समूहका नेताहरुलाई एक्लाएक्लै भेटेर प्रधानमन्त्री ओलीले फकाउने प्रयास गर्नुभएको छ । यसैक्रममा प्रधानमन्त्री ओलीले आज नेता गोकर्ण विष्टसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीले विष्टलाई बालुवाटार बोलाएर भेट्नुभएको हो । विष्टले हिजो दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गर्नुभएको थियो ।
ओलीसँग नेपाल खनाल समूहका नेता एवं सांसद घनश्याम भुसाल र योगेश भट्टराईले छलफल गर्नुभएको थियो । तर सहमति भने हुन सकेको छैन ।
वैशाख २७ मा संसदमा विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीले एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र पार्नुभएको छ ।
उखाने बयलगाडा आफ्नो कुर्सी जोगाउनु लाई चिप्लो लगाउदै छ।बिवासको मत दिएर पद जोगियो भने तेहि पारा हो कतै पनि उखाने गुखाने को कुरामा बिस्वास नगर्नु गोकर्ण बिष्ट जिउ।बिर्सनु त भयेको छैन होलानि राम्रो काम गर्दा गर्दै बिना कुनै गल्ति मन्त्री बाट गलत्याएको।