Political Hightlights

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, जसपा र एमालेको नेपाल समूहको गठबन्धन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २२ गते १४:५३
राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, जसपा र एमालेको नेपाल समूहको गठबन्धन (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७८ काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल–खनाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् ।

उनीहरुले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेमा एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग बिहान छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गर्नुभएको छ । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने राष्ट्रिय सभा उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको छ ।

लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ । पाण्डेय नेपाली कांग्रेस प्रवेश गरिसक्नु भएको छ ।

बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ, लुम्बिनीको भने मिति तोकिएको छैन ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् । संघीयता र योजनविज्ञ देवकोटा एमालेको नेपाल(खनाल समूह नजिक हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्