आर्थिक

अनावश्यक खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते १८:५९
अनावश्यक खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । सरकारले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नहुने भन्दै अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताउनुभयो ।

उहाँले उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको भन्दै उपभोक्तालाई संचय नगर्न आग्रह गर्नुभयो ।

दैनिक उपभोग्य वस्तुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेलले बताउनुभयो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपुर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताउनुभयो ।

यस्तो परिस्थितिमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीको माग छ ।

सरकारले निषेधाज्ञा जारी गरेपछि दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *