Political Hightlights

जनता समाजवादी पार्टी विभाजनको संघारमा

हिमालय टिभी
२०७८ वैशाख २१ गते १५:१४
जनता समाजवादी पार्टी विभाजनको संघारमा

२१ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले पार्टी फूटको संघारमा पुगेको स्वीकार गरेका छन् ।

केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले पार्टी फूट्न लागेको सार्वजनिक गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पाण्डेले जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशीविदेशी शक्ति पुगिरहेको दाबी गर्नुभएको छ ।

सकभर फुट रोक्न प्रयास भैरहे पनि हिजो बेलुकादेखि देशी विदेशी शक्ति पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलोमा गरिरहेको पाण्डेले बताउनुभएको छ ।

पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको पाण्डेको आरोप छ । पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको पनि आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्